माधव नेपालको वक्तव्य : यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो (पूर्णपाठसहित)
काठमाडौं, २७ बैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएर नै आफूहरु संसद बैठकमा भाग नलिएको स्पष्ट पारेका छन्।
आज साँझ प्रेस वक्तव्य निकालेर नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ आफ्नो स्थानबाट योगदान गर्नु सबै दशेक्ति, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमूदायको कर्तव्य हुने भएकोले सोही अनुरुप आफूहरुले प्रधानमन्त्री ओलीलई विश्वासको मत नदिने र प्रतिनिधिसभाको बैठकमा अनुपस्थित् हुने निर्णय गरेको पनि स्पष्ट पारेका छन् । उनले उक्त निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको पनि दाबी गरेका छन् ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


