दाङमा अक्सिजन अभाव, एउटा सिलिण्डर दुई जनालाई
दाङ – दाङमा अक्सिजन अभाव भएको छ । दाङको शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेशनमा अक्सिजनको अभावमा एउटै सिलिण्डरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने अवस्था छ ।
आइसोलेशनमा कोरोना सङक्रमित बिरामीलाई अक्सिजन सिलिण्डर अभाव भएपछि एउटा अक्सिजन सिलिण्डर र एउटै अक्सिफ्लो मिटरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने बाध्यता रहेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताउनुभयो ।
‘आइसोलेशनमा सङक्रमित बिरामीको चाप धेरै छ र अक्सिजनको अभाव पनि छ’, संयोजक पुनले भन्नुभयो, ‘बिरामीको ज्यान जोगाउन भए पनि यस्तो उपाय अपनाएका हौं ।’
आइसोलेशनमा अक्सिजनको अभाव भएको समयमा अक्सिजन सिलिण्डर रिफिलको पनि समस्या छ । तुलसीपुरमा रहेको एक मात्र अक्सिजन सिलिण्डर रिफिल गर्ने सप्लायर्सले रिफिल नगर्ने जनाएको छ ।
पालिकालाई अक्सिजन सिलिण्डर रिफिल नगरी दिने र समन्वय गरेर आए मात्र रिफिल गर्ने भनेकाले झन समस्या उत्पन्न भएको संयोजक पुनले बताउनुभयो । दाङका सबै पालिकाले अक्सिजन सहितका अस्पताल बनाए पनि अक्सिजन आपूर्ति हुन सकेको छैन । बेलझुण्डी कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा पनि अक्सिजन अभाव रहेको अस्पतालले जनाएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


