गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ, शपथ ग्रहणकाे तयारी
कास्की – गण्डकी प्रदेशमा फेरि पनि एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्नुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि गुरुङ नै मुख्यमन्त्री बन्नुभएको हो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गर्नुभएको छ । गुरुङलाई बुधवार (आज) नै शपथ खुवाउने तयारीसमेत भएको छ । कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुर्याउन नसकेपछि गुरुङ संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको ठूलो दलको संसदीय दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्नुभएको हो ।
राष्ट्रिय जनमोर्चाका दुई जना प्रदेश सभा सदस्यले आफूहरू तटस्थ बस्ने बताएपछि विपक्षी गठबन्धनको बहुमत नपुगेको हो । प्रदेश सभा सदस्यहरू कृष्णचन्द्र थापा र खिमविक्रम शाहीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर सरकार निर्माणको विषयमा आफूहरू तटस्थ रहेको जानकारी गराएका थिए ।
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…


