संसदमा आजदेखि दोस्राे डोजको खोप वितरण सुरु हुने
काठमाण्डौ – संघीय संसदका पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आजदेखि कोरोनाविरुद्धको दोस्रो डोज दिन सुरु गरिने भएको छ ।
हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई आजदेखि दोस्रो मात्रा खोप लगाउन सुरु गरिने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष, संघीय संसदका दवै सदनका सदस्यहरुले खोप लगाउनेछन् ।
यस्तै उनीहरुका स्वकीय सचिवालयका कर्मचारी, अरु कर्मचारी, सुरक्षाकर्मीलगायतलाई पनि खोप दिइनेछ । यस्तै भोलि संघीय संसद सचिवालयका सबै कर्मचारी र संघीय संसद भवन बानेश्वरका कर्मचारीलाई खोप लगाइने भएको छ । यस्तै पर्सि आइतबार स्वकीय सचिवालयका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी र छुटेका अरु व्यक्तिलाई खोप लगाइने सचिवालयले जनाएको छ ।
गएको फागुन १९, २० र २१ गते कोरोनाविरुद्धको पहिलो मात्राको खोप दिइएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


