कपिलवस्तु नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने
अक्सिजन अभावले कोरोना संक्रमितको उपचारमा समस्या आएपछि कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारसंग सहकार्य गरी अक्सिजन प्लान्ट चाडोभन्दा चाडो निर्माण गरिने भएको हो । अक्सिजन प्लान्ट निर्माण गरिने नगर कार्य पालिका बैठकबाट निर्णय गरिएको मेयर किरण सिंहले जानकारी दिए ।
प्रदेश सरकारले सहयोग नगरे आफनै लगानीमा भए पनि प्लान्ट निर्माण गरिने उनले बताए । ‘ अक्सिजन अभावमा बिरामीहरु छटपटाई रहेका छन, हारगुहार गर्दा पनि पाउन गाह्रो छ’, मेयर सिंहले भने,‘बिरामीको उचारमा सहजताकालागि अक्सिन प्लान्ट निर्माण गर्ने तयारीमा जुटेका छौ ’ । जति सक्दो चाडो प्लान्ट निर्माण गरिने उनले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रदेश सरकार र अन्य पातिलकासँग समन्वय र सहकार्य गरी प्लान्ट निर्मााण्को प्रक्रिया अघि बढाएको बताए । उनले जिल्लाका पालिका र दाताहरुले आफूहरुको यो अभियानमा सहकार्य र साथ दिन आग्रह गरे ।
नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले कोरोनो यो महामारीमा आफुहरुले सामाजिक विकासको बजेट स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेको बताए । उनले महामारीको रोकथाम गरी संक्रमितहरुको उपचार आफुहरुको दायित्व र प्राथमिकतामा रहेको बताए । वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले आफनो वडाको सामाजिक र अन्य क्षेत्रमा खर्च गर्र्न बाकी रहेको रकम कोरोना महामारी नियन्त्रण अभियानमा खर्च गर्न आफु तयार रहेको बताए । ‘ अहिलेको कठिन समयामा मानिसको जीवन रक्षा नै हाम्रो प्राथमिकता हो, यसमा हामी गंभीर छौ ’ उनले भने । उता सांसद अभिषेका प्रताप शाह, बृजेश कुमार गुप्ता र चक्रपाणी खनाल बलदेब समेत कोरोना माहामारी नियन्त्रणको पहलमा जुटेका छन ।
कपिलवस्तु अस्पतालमा १ सय २६ वटा अक्सिजन सिलिन्डर भए पनि ग्यास उद्योगबाट सहज आपुर्ति नहुदा उपचारमा समस्या आएको छ । अस्पतालमा दैनिक ४० वटा सिलिन्डर खपत हुने गरेका ब्यवस्थाकि रत्नाकर शुक्लाले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


