मदन भण्डारीका हत्यारा पत्ता लगाउन एमाले नेता नेपालको माग
काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लगाउन माग गर्नुभएको छ । मदन आश्रित स्मृति दिवसको सन्दर्भमा श्रद्धाञ्जली दिँदै नेता नेपालले दासढुंगा जीप दुर्घटनामा निधन भएको २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआउनु दु:खद् भएकाे भन्दै यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षसँग माग गर्नुभएको हो ।
उहाँले घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको पनि बताउनुभएको छ । जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो रहेको नेपालको भनाइ छ ।
मदन भण्डारीले देखाएको बाटो हिँड्नको लागि एकताबद्ध, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त भएको बताउँदै नेता नेपालले फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै जिम्मेवार भएर क्रान्तिलाई अघि लैजान सके मात्रै उहाँप्रतिको सम्मान हुने बताउनुभएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


