‘सामाजिक कार्य र भेला–उद्घाटनले सङ्क्रमण बढाएको हामीलाई थाहा छ, अब यस्ताे गल्ती नदाेहाेर्याऔँ’
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विवाह, व्रतबन्ध जस्ता सामाजिक र भेला उद्घाटन जस्ता राजनीतिक गतिविधिका कारण कोरोना सङ्क्रमण बढेको बताएको छ ।
साेमवार (आज) मन्त्रालयले एक सूचना निकालेर यस्ता कार्यमा भएका भिडभाडका कारण कोरोना सङ्क्रमण फैलिएको कुरामा हामी भुक्तभोगी भएको भन्दै अब यस्तो गल्ती नदोहोर्याउन आग्रह गरेको छ ।
महामारी नियन्त्रणका लागि सङ्क्रमितको उपचार भन्दा सङ्क्रमण रोक्नु उपयुक्त हुने भन्दै मन्त्रालयले निषेधाज्ञाको पालना गरी अत्यावश्यक नभइ घरबाहिर नजान अनुरोध गरेको छ । निषेधाज्ञा लगाइएका ठाउँमा पनि मानिसहरूको आवतजावत ५९ प्रतिशतमात्रै कमी आएको भन्दै मन्त्रालयले सबैले जिम्मेवार भएर निषेधाज्ञाको पालना गर्नुपर्ने बताएको छ ।
निषेधाज्ञा तथा स्वास्थ्यका मापदण्डको पालना कम भएकै कारण सङ्क्रमण र मृत्युदर घटाउन नसकेको भन्दै मन्त्रालयले सङ्क्रमण रोक्न सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।
‘जनजीवनमा कठिनाइ पर्न गए पनि हामीसँग सङ्क्रमण रोकथाम, नियन्त्रण, तयराी, सहकार्य, समन्वय आदिका लागि गरिएको निषेधाज्ञामा अझै पनि बुझी नबुझी, लुकीछिपी वा खुला रुपमा उल्लङ्घन भइरहेको देख्न सकिन्छ । त्यसैले सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन सम्बन्धित सबैमा मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ’, मन्त्रालयले भनेको छ ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


