सुनको भाउ ताेलाकाे ९३ हजार चार सय रुपैयाँ पुग्यो
काठमाण्डाै – सुनकाे भाउ मङ्गलवार (आज) ताेलाकाे ९३ हजार नाघेकाे छ । साेमवार (हिजाे) कायम भएकाे भाउमा ६ सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाकाे ९३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९२ हजार आठ सय रुपैयाँ थियो ।
२०७७ सालको साउन महिनामा सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँ पुगेको थियो । सामान्यतया कुनै वस्तुको माग नहुँदा त्यसको भाउ घट्छ । तर नेपालमा अहिले सुनको माग र कारोबार नभए पनि भाउ बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारको असरका कारण नेपाली बजारमा माग र कारोबार नभए पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउनुहन्छ ।
विश्वमा सङ्कटका बेला अन्य क्षेत्रमा लगानी सुरक्षित नहुने भएकाले लगानीकर्ताले सुनमा लगानी गर्दछन्, अहिलेसम्मको अभ्यासले यही देखाएको छ । अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताले सुन किनेर थुपार्दा त्यहाँ माग बढ्ने र यही कारण भाउ बढ्ने गरेको शाक्यले बताउनुभयो ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी एक हजार तीन सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


