राष्ट्रिय सभाकाे उपचुनावमा लुम्बिनीमा दुई जनाकाे उम्मेदवारी
दाङ – यही जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा सदस्यका लागि दीर्घनारायण पाण्डे र चन्द्रबहादुर खड्काको मनोनयन दर्ता भएको दाङमा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काकाे उम्मेदवारी परेको हो । चार दलीय गठबन्धनबाट उम्मेदवारी दिनुभएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित उहाँ केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।
यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो । माओवादीबाट निर्वाचित अर्घाखाँचीका उहाँ एमाले प्रवेश गरेपछि उहाँलाई माओवादीले कारबाही गरेको थियो। माओवादीकाे कारबाहीपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि एमालेले उहाँलाई नै फेरि उम्मेदवार चयन गरेको हो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


