चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने
रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्टको कारण संक्रमितहरुको संख्या र अक्सिजन नपाएर ज्यान गुमाउनेहरुको संख्या बढिरहेको बेला चौरजहारीले अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।
लक्षण सहितका कोरोना भाइरस संक्रमितहरुको सफल उपचारको लागि अक्सिजन प्लान्ट आवश्यक भएको भन्दै खरिदको प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिका मेयर विशाल शर्माले अक्सिजन प्लान्ट जडान गरेर संक्रमितहरुको प्रभावकारी ढंगले उपचार गरिने बताउनुभयो ।
चौरजहारी अस्पतालसँग समन्वय गरेर अक्सिजन प्लान्टको खरिद र जडानको काम सुरुवात गरिएको र प्राविधिक समस्या नआएमा एक हप्तामा सञ्चालन हुने मेयर शर्माले बताउनुभयो । उहाँका अनुसार अक्सिजन प्लान्ट सञ्चालनको लागि करिब ९० लाखको लागत अनुमान गरिएको छ ।
‘अहिले कर्णाली प्रदेश सरकारलाई केही सहयोगको लागि माग गरेका छौँ’, मेयर शर्माले भन्नुभयो ‘प्रदेशबाट हुन सकेन भने पनि नगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ ।’
चौरजहारी नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि विभिन्न सचेनामूलक कार्यक्रमको साथै ४५ बेडको आइसोलेशन अस्पताल समेत सञ्चालन गरेको छ । नगर क्षेत्रका खोलागाउँ, कोटजहारी र चौरजहारीमा अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटरको व्यवस्थासहित १५/१५ बेडका आइसोलेशन अस्पताल बनाइएको नगर प्रमुख शर्माले जानकारी दिनुभयो ।
चौरजहारी नगरपालिकाले १ करोड २३ लाख रुपैयाँ लागतमा अघिल्लो वर्षको असारदेखि पीसीआर परीक्षण प्रयोगशाला समेत सञ्चालनमा ल्याएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


