निर्वाचन आचारसंहिता विपरीत प्रचार गर्नु आपत्तिजनक : कांग्रेस
काठमाण्डाै – प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत पार्टीको उम्मेदवारको पक्षमा प्रचार गरेको भन्दै आपत्तिजनक भएकाे जनाएकाे छ ।
नेपाली कांग्रेसको संसदीय दलको बैठकले निर्वाचन आचारसंहिता विपरीत पार्टीका उम्मेदवार रामबहादुर थापाको पक्षमा प्रचारप्रसार गरेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत मत माग्नु संविधान, कानुन र विधिको शासनको बर्खिलापमा भएको कांग्रेसको संसदीय दल कार्यसमिति बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो ।
बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भनेर मौन अवधि सुरु भएको जनाएको छ ।
तर प्रधानमन्त्री ओलीले पार्टीभित्र निर्देशन दिने नाममा पार्टीको चुनाव चिह्न र उम्मेदवारलाई भोट माग्दै अपिल पत्र सार्वजनिक गर्नुभएको हो । ओलीले अपिल पत्र निकालेर प्रधानमन्त्री ओलीले पार्टीले आधिकारिक उम्मेदवारकाे रूपमा रामबहादुर थापा बादललाई अघि सारेकाले पार्टीका आधिकारिक उम्मेदरवारविरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा मत खसाउने विषय कल्पनाबाहिरको विषय भएको बताउनुभएको हाे ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


