कोरोना संक्रमणबाट पूर्वसांसद यादवको निधन
धनुषा– कोरोना संक्रमणबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको निधन भएको छ ।
यादवको आज बिहान मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको हो । यादवलाई संक्रमण भएपछि १० दिन अघि अस्पताल भर्ना गरिएको थियो । उहाँ पार्टीको धनुषा इन्चार्ज हनुहुन्थ्यो ।
यसैगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुई सातअघि उहाँलाई संक्रमण पुष्टि भएको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


