जसपा संसदीय दलको बैठक चल्दै, भट्टराई-यादव पक्ष अनुपस्थित
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बसिरहेको छ ।
सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा चलिरहेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित छन् ।
बैठकले नयाँ सरकार गठनको बारेमा निर्णय गर्ने सम्भावना छ । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई नै समर्थन गर्ने या आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भन्ने अन्योलमा रहेको जसपाको संसदीय दलको बैठकले खास निर्णय गर्ने सम्भावना छ । तर बैठकबारे आफूहरुलाई थाहा नै नभएको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदको भनाइ छ ।
जसपामा संसदीय दलको नेता चुन्ने विधान नै नबनिसकेको अवस्था ठाकुर-महतो पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । जसपासँग ३२ जना सांसद रहेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


