राष्ट्रपतिबाटै संविधानमाथि हमला भएको कांग्रेसको ठहर, महाअभियोगसहितका विकल्पमा जाने
काठमाण्डाै – नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाटै संविधान र लोकतन्त्रमाथि हमला भएको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीका गैर-लोकतान्त्रिक र संविधान विरोधी सिफारिसलाई राष्ट्रपतिले साथ दिएको भन्दै उहाँबाटै संविधान जोखिममा परेको निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका क्रियाकलापको भर्त्सना पनि भएको सह-महामन्त्री प्रकाशशरण महतले उज्यालोलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले विश्वासको मत नपाएको वा राजीनामा दिएको अवस्थामा मात्रै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था कुल्चेर राष्ट्रपतिले २१ घण्टाको समय दिनु आपत्तिजनक विषय भएको कांग्रेसले जनाएको छ । राष्ट्रपतिको आह्वानकाे विरुद्धमा विभिन्न विकल्पमा अरु दलसँग पनि छलफल गर्ने कांग्रेसले निर्णय गरेको छ ।
‘जुनसुकै विकल्पमा गएर पनि यो असंवैधानिक कदमलाई सफल हुन दिनुहुन्न भन्ने निष्कर्षमा पुगेका छौँ, उहाँमाथि महाअभियोगको कुरा पनि चलेको छ, धेरैजनाले राष्ट्रपतिलाई नै राख्नुहुन्न भन्ने धारणा राख्नुभयो ’ महतले उज्यालोसँग भन्नुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


