लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भयाे : पत्रकार महासंघ
काठमाण्डाै – नेपाल पत्रकार महासंघले संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको बताएको छ ।
महासंघका महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख गरिएको छ । पत्रकार महासंघले नागरिकलाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च खोप चाहिएको जनाएको छ ।
अस्पतालमा शैया, अक्सिजनलगायत सामग्रीको खाँचो रहेको अवस्थामा उपचारमा ध्यान दिएर मध्यरातमा चुनावको सिफारिस गर्नु गणतन्त्रप्रति प्रहार भएको महासंघको ठहर छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


