केही व्यक्तिले गाली र अपशब्दलाई देशको संस्कार बनाउन खोजे : प्रधानमन्त्री ओली
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गालीगलौजको राजनीतिक गरिरहेको आरोप लगाउनुभएको छ । बालुवाटारमा आइतवार भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वस्थ राजनीति गर्न छाडेर केही दल र नेताले चरित्रहीन आरोप लगाइरहेको जिकिर गर्नुभयो ।
नेपालजस्तो अत्यन्तै राम्रो संस्कार र सभ्यता भएको देशमा चरित्रहीन राजनीति भइरहेको ओलीको दाबी छ । ‘अत्यन्तै तल झरेर चरित्र हत्या गर्ने काम भयो, म आश्चर्यमा परिरहेको छु, गणतन्त्रमाथिका यस्ता अवाञ्छित क्रियाकलाप सुहाउने कुरा हुन ?’, ओलीले भन्नुभयो, ‘गालीगलौज, चरित्र हत्या, अपशब्दजस्ता चरित्रहीन कुरालाई संस्कार बनाउने प्रयास भयो । यो देशका निम्ति र गौरवपूर्ण सभ्यताका लागि नै चुनौती हो ।’
यस्तै प्रधानमन्त्री ओलीले देशमा कोरोना महामारी अत्यन्तै भयावह अवस्थामा रहेको बेलामा केही व्यक्तिको स्वार्थका लागि सरकार र देशलाई नै बन्धक बनाउने काम भइरहेको आरोप लगाउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


