रुकुम पश्चिम : आइसाेलेशनमा भर्ना भएका कोरोना सङ्क्रमित र कुरुवालाई निःशुल्क खाना
रुकुम पश्चिम – रुकुम पश्चिममा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा भर्ना भएका बिरामी र उनीहरूका कुरुवाका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ ।
जिल्ला अस्पताल सल्लेको आइसोलेशनमा बसेका बिरामीका लागि नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को समन्वयमा खानाको व्यवस्था गरिएको हो । अस्पताल नजिकै रहेको सरस्वती माविको भवनमा खाना तयार गरी अस्पतालमा उपलब्ध गराउन थालेको विप्लव समूहको जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले जानकारी दिनुभयो ।

अस्पतालमा सङ्क्रमितका लागि उचित खाना–खाजाको व्यवस्था नभएको र निषेधाज्ञाका कारण खाना पुर्याउन आफन्तलाई समस्या भएकाले निःशुल्क खानाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
अहिले जिल्ला अस्पतालको आइसोलेशनमा ३५ जना बिरामी छन् । दाल, चामल तथा तरकारीका लागि स्थानीय व्यापारीहरूले सहयोग गरेका छन् भने खाना पकाउने उपलब्ध गराउने लगायतका काममा विप्लव समूहका १५ जना खटिएका छन् । यस्तै भाँडाकुँडा, पानी, बिजुली लगायतको व्यवस्था स्थानीयवासीले गरेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


