गोलमाल राजनीतिले छोएन शेयर बजारलाई, ३३ अङ्कले बढेर २८ सय विन्दु पार
काठमाण्डाै – देशको राजनीति अस्थिर हुँदा पनि शेयर बजारमा भने त्यसको प्रभाव परेको छैन । देशको राजनीति कता जाने हो र सरकार के हुने हो भन्ने अन्योलका बीचमा पनि शेयर बजार परिसूचक नेप्से आइतवार झन्डै ३३ अङ्कले बढेको छ । नेप्से ३२ दशमलव ८१ अङ्कले बढेर २८ सय २० विन्दुमा पुगेको छ ।
आज होटल निर्जीवन बीमा र माइक्रोफाइनान्स बाहेक अरू समूहको शेयर बढेको छ । दुई सय २० कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज १६ कम्पनीको शेयर सर्किट विन्दु अर्थात् झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि रुरु जलविद्युत् र समता घरेलु लघुवित्त कम्पनीको शेयर झण्डै चार प्रतिशतले घटेको छ ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…


