शिक्षण पेसा छोडेर १२ वर्षदेखि कृषि कर्ममा रमाउँदै
दाङ – पालमा राेजगारी पाउन मुस्किल रहेकाे भन्दै युवा वैदेशिक राेजगारीमा जाने क्रम बढ्दो छ भने स्वदेशमै रहेकामध्ये धेरैले कृषिबाहेक अन्य व्यवसाय गर्ने गरेका छन् । तर केही यस्ता युवा पनि छन् जसले १२ वर्षदेखिकाे शिक्षण पेसा छाेडेर स्वदेशमै बसेर कृषिमा लाखाैँ रुपैयाँ लगानी गरेर कृषि पेसामा रमाइरहेका छन् ।
दाङको घोराही उपमहानगरपालिका ९ अस्पाराका ३८ वर्षीय युवा अमर क्षितिज भण्डारी १२ वर्षदेखिकाे शिक्षण र पत्रकारिता पेसा छोडेर अहिले व्यावसायिक कृषि पेसामा लागेर खेतबारीमै औँला खियाउँदै हुनुहुन्छ । कर्मभूमि तरकारी तथा पशुपक्षी कृषि फाम नामक फार्म दर्ता गरेर कृषि पेसा सञ्चालनमा ल्याउनुभएको छ ।

कोरोना भाइरस सङ्क्रमणकाे कहरका कारण देशमा लकडाउन भएपछि उहाँले अहिले तरकारी खेती सुरु गर्नुभएको छ र आफू तरकारी खेतीमा लाग्दा र आफूले गरेको खेतीबाट सफलता मिल्दा निकै सन्तुष्ट मिलेको बताउनुहुन्छ । १२ कठ्ठा आफ्नै जग्गा र १२ कठ्ठा जग्गा भाडामा लिएर उहाँले तरकारी खेती गर्नुभएको छ ।
खेती सुरु गरेको झन्डै दुई महिनाको अन्तरालमा अहिले धेरै तरकारी बेच्नका लागि तयार भएका छन । काँक्राे, भिन्डी, बोडी, सिमी, करेला, लौका, फर्सी, भान्टा, मकै लगायतका खेती रहेकोमा अहिले काँक्राे, लौका र करेला बेच्नका लागि तयार छन् । यीमध्ये काँक्राे सात क्विन्टल बिक्रीसमेत भइसकेको छ । उहाँले सुरुवाती चरणमै राम्रो आम्दानी भएको छ ।

पाँच लाख रुपैयाँकाे लगानीमा खेती सुरु गर्नुभएको भण्डारीले भविष्यमा २५ लाख रुपैयाँसम्म लगानी पुर्याउने सोचमा हुनुहुन्छ । ‘केही भौतिक संरचना बनाउन बाँकी छ भने केही कृषि औजार खरिद गर्न पनि बाँकी छन । तरकारी मात्रै नभएर पशुपालन पनि गर्ने तयारी छ’, किसान भण्डारीले भन्नुभयाे । अहिले उहाँसँग अमेरिकन पेकिङ जातको हाँस पनि बिक्रीका लागि तयारी अवस्थामा छ ।
नेपाल कृषि प्रधान देश भन्ने नारामा भने उहाँको चित्त दुखेको छ । कारण हो, नेपालमा कृषि कसैकाे पनि प्राथमिकतामा नपर्नु, जसले मुख्य पेसा नै कृषि बनाएर काम गरेको छ उसले कृषि अनुदान नपाउने, कृषिको अनुभव नै नभएकाले देशकाे नेतृत्व गर्नु जस्ता कुराले उहाँलाई निकै पिरोलेको छ । सम्बन्धित निकायले कृषिलाई अगाडि बढाउने हो भने देश उन्नतितर्फ जाने पनि उहाँको बुझाइ छ ।

विशेषगरी कृषि पेसा अँगालेका किसानका लागि पालिका सरकारले विशेष प्याकेज ल्याउने र बजारीकरणको नयाँ नीतिका साथ काम गर्नुपर्ने उहाँको माग छ । साथै किसानलाई विभिन्न राहत तथा प्रोत्साहन स्वरूप रकम उपलब्ध गराएमा पनि कृषि पेसालाई निरन्तरता दिन सकिने भण्डारीकाे अनुरोध छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


