सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कैलालीका ४ र कञ्चनपुरका २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
कैलालीको गोदावरी नगरपालिका–५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिका– ६की ५० वर्षीया महिला, वडा नम्बर ७ का ३५ वर्षीय पुरुष र वडा नम्बर ८ की ६० वर्षीया महिलाको मृत्यु भएको श्रेष्ठले बताए ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका– का ४४ वर्षीय पुरुष र बेलौरी नगरपालिका–१ का ४४ वर्षकै पुरुषको मृत्यु भएको उनले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २ सय ७३ जना संक्रमित थपिएका छन् । ७ सय ५२ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


