ANTA ले अस्पतालहरुमा निशुल्क खाना खुवाउदैं
कपिलवस्तु ,
आजदेखि कपिलवस्तुकाे बहादुरगंज स्थित शिवराज अस्पतालमा बिरामी, कुरुवा र आइसाेलेसनका संक्रमितका लागि निशुल्क “फुड किचन” मार्फत खाना खुवाउने ANTA नामक संस्थाकाे सहयाेग र कृष्णनगर नगरपालिकाकाे सहकार्यमा संचालन गरिएकाे छ । काेविड संक्रमणकाे अवस्थामा निशुल्क खाना नास्ताकाे व्यवस्थापनमा नगरप्रमुख रजत प्रताप शाहले आफ्नाे व्यक्तिगत तरफबाट फुड किचनलाई पचास हजार र अस्पताल लाई एकलाख बराबरकाे स्वास्थ्य सामग्री सहयाेग गर्नुभयाे । त्यस्तै चन्द्राैटाका व्यापारी एवं समाजसेवी विजय जयसवाल ज्युले एक क्विन्टल चामल र समाजसेवी शैलेष प्रताप शाहले एकाउन्न सयकाे आर्थिक सहायता दिने जानकारी दिनुभएकाे छ ।
हाल ताैलिहवाकाे जिल्ला अस्पतालमा पनि निशुल्क खाना र नास्ता वितरण संचालन गरिरहेकाे छ। कपिलवस्तु नगरपालिकाकाे सहकार्यमा फुड किचन संचालन गरिएकाे माहुरी हाेमका अध्यक्ष तथा साझा प्रयास अभियनका संयाेजक रवि ठाकुर ले बताउनुभयाे ।
काेराेना संक्रमणका कारण हाेटेल व्यवसाय बन्द रहेका अवस्थामा स्वच्छ र सुरक्षित खाना पाउँदा बिरामीहरु खुशि भएकाे शिवराज अस्पतालका मेडिकल अधिकृत मुकेश चाैधरी बताउँछन् । उनले ANTA संस्थालाई धन्यवाद दिदै सहयाेगी सबै याे विषम परिस्थितिमा यस्ता पुन्य कार्यमा हातेमालो गर्न अनुराेध गर्नुभएकाे छ । हाल संचालनमा रहेका फुड बिचनहरुले बिहान बेलुकी नास्ता र दुई छाक खाना व्यवस्थापन गरेकाे छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


