वैदेशिक व्यापारमा देखिएन कोभिड प्रभाव
काठमाडौं, जेठ ११ । कोरोना महामारीकै बीच मुलुकको वैदेशिक व्यापार उत्साहजनक रूपमा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो १० महीनाको तथ्यांक अनुसार नेपालले १३ खर्ब ६२ अर्बको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशत बढी हो ।
वैशाख मसान्तसम्ममा नेपालले कुल १ खर्ब ८ करोडको निर्यात गरेको छ । वैशाखमा मात्रै १३ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ ।
सरकारले १० वर्षअघि नै वार्षिक निर्यात १ खर्ब पुर्याउने लक्ष्य राखेकोमा चालू आवको १० महीनामै उक्त लक्ष्य हासिल भएको छ । यद्यपि यो सन्तोषजनक भने नभएको अर्थविद्हरूको भनाइ छ । रकम १ खर्ब नाघेको देखिए पनि स्थिर मूल्यमा हिसाब गर्दा यो सन्तोषजनक नभएको अर्थविद् रामेश्वर खनाल बताउँछन् ।
‘१० वर्षअघि एक डलरको नेपाली मूल्य ८० रुपैयाँ थियो । अहिले १२० पुगेको छ । प्रचलित मूल्यअनुसार बढी निर्यात भएको देखिए तापनि यसमा सन्तुष्ट भइहाल्ने अवस्था छैन,’ उनले भने, ‘२०५० सालदेखि २०५४ सालसम्म जुन किसिमले निर्यात वृद्धि भएको थियो, त्यसलाई हिसाब गर्दा स्थिर मूल्यका आधारमा अहिलेको निर्यात त्यति बेलाको भन्दा पनि नराम्रो देखिन्छ ।’
१० महीनाको अवधिमा नेपालमा १२ खर्ब ५४ अर्बको आयात भएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा २२ प्रतिशत बढी हो । आर्थिक अभियान दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


