स्वास्थ्य सामग्री खरिद गर्न थप १२ अस्पतालमा रकम निकासा
काठमाण्डाै – सरकारले स्वास्थ्य सामग्री खरिद गर्न थप १२ अस्पतालमा रकम निकासा गरेको छ । कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न रकम निकासा भएको हो ।
अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्याङ्क, एचडीयू जडान र पीसीआर मेसिन खरिद लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेकाे हो । त्रिवि शिक्षण अस्पतालका लागि ८० लाख, सिन्धुपाल्चोकको जिल्ला अस्पताल चौताराका लागि ७५ लाख, जिल्ला अस्पताल दैलेखमा ७५ लाख, जिल्ला अस्पताल धनकुटामा ७५ लाख, महोत्तरीको जिल्ला अस्पताल जलेश्वरका लागि ७५ लाख, जिल्ला अस्पताल इलाममा ७५ लाख रुपैयाँ निकासा भएकाे हाे।
यस्तै जिल्ला अस्पताल सङ्खुवासभामा ८० लाख, रामेछाप अस्पतालमा ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिममा ७५ लाख, टिकापुर अस्पताल कैलालीमा ७५ लाख, ओखलढुङ्गा अस्पतालमा २५ लाख र तनहुँको व्यास अस्पतालका लागि २५ लाख रुपैयाँ निकासा भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माग अनुसार अर्थ मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


