एमालेले १२ नेतालाई आज स्पष्टीकरण पत्र पठाउने
काठमाण्डौ – नेकपा एमालेले आज थप १२ जना नेताहरुलाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।
अस्ति बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरु १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधिसभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भए अनुसार आज उनीहरुलाई पत्र पठाउन लागिएको नेकपा एमालेको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठकले अस्ति निर्णय गरेको भए पनि २ दिनसम्म केही विषयमा छलफल भएको र सबैले पत्रमार्फत नै जवाफ पठाउँछु भनेपछि आज पत्र पठाउन लागिएको सचिव तामाङको भनाइ छ । थप स्पष्टीकरण सोध्ने निर्णय गरिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका रहेका छन् ।
अस्ति सोमबारकै स्थायी कमिटी बैठकले नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामुकमारी झाँक्रीलगायत ११ जनालाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको थियो । पार्टीभित्रको विवाद समाधानका लागि दुवै तर्फबाट ५/५ जना गरेर १० सदस्यीय कार्यदल बने पनि दुवै समूहले आफ्ना गतिविधि नरोक्दा नेकपा एमाले फुटको संघारमा पुगेको छ ।
खनाल–नेपाल समूहले वाग्मती प्रदेशको राष्ट्रियसभा चुनावमा रामबहादुर थापालाई असहयोग गरेको थियो भने संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको क्रममा विपक्षी गठबन्धनलाई समर्थन गरेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


