कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान पारदर्शी बनाउन डब्लूएचओलाई अमेरिकाको सुझाव
काठमाण्डाै – अमेरिकाले कोरोना भाइरसको उत्पत्ति बारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई सुझाव दिएको छ ।
अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोरोना भाइरसको उत्पत्ति र उद्गम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लूएचओसँग आग्रह गर्नुभएको हो । उहाँले कोरोना भाइरसको स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति दिनु पर्ने बताउनुभएका बीबीसीले जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुले गुप्तचर सूचनाहरुका आधारमा कोरोना भाइरसको उत्पत्ति चीनको प्रयोगशालाबाट भएको र त्यहीँबाट चुहावट भएर विश्वव्यापी महामारीको रुप लिएको हुन सक्ने आशंकामा थप बल पुगेको दाबी गरिरहेका छन् ।
सन् २०१९ को अन्त्यतिर चीनको हुबेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म विश्वभर १६ करोड ७० लाख भन्दा धेरै संक्रमित भएका छन् । कोराेनाका कारण विश्वभर ३४ लाख ७२ हजार भन्दा धेरैको ज्यान गएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


