लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना
काठमाण्डाै – कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना गरिएको छ ।
लकडाउनका कारण सरकारले तय गरेका मापदण्डअनुसार लुम्बिनीमा रहेको मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु÷गुरुमा, भिक्षु/भिक्षुणी र लामाहरु उपस्थित भएर बुद्धपूजा र मन्त्रोच्चारण गरेका छन् ।
त्यसबाहेक कार्यक्रमस्थलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभा सदस्य फखरुद्दिन खान, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारी मात्रै सहभागी भएका छन् । यसअघिका वर्षहरुमा धुमधामका साथ विशेष समारोहको आयोजना गरी बुद्ध पूर्णिमा मनाइने गरेको भए पनि कोरोनाका कारण पोहोर र यसपालि औपचारिक कार्यक्रम नगरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले बताउनुभयाे ।
उहाँका अनुसार बेलुका कोरोना महामारी अन्त्य, संक्रमितहरुको स्वास्थ्यलाभ र ज्यान गुमाएकाहरुको सम्झनामा २५६५ वटा दीप प्रज्ज्वलन गरिनेछ । २५६५ औँ बुद्ध जयन्तीकाे उपलक्षमा त्यति नै दीप प्रज्जवलन गरिने भएकाे हाे ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


