भारतले भन्यो– ‘नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रम आन्तरिक मामिला’
काठमाण्डौ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको विदेश मन्त्रालयले बताएको छ । बुधवार सञ्चारमाध्यमले सोधेको प्रश्नको उत्तर दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्र प्राप्त भएको र त्यो आन्तरिक मामिला भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालमा विकसित पछिल्लाे राजनीतिक घटनाक्रमलाई हामीले आन्तरिक मामिलाका रुपमा लिन्छौँ र यस विषयमा नेपालले आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट यसको समाधान गर्नुपर्छ ।’
एक छिमेकी र साथी भएकाले भारतले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने विज्ञप्तिमा जनाइएको छ ।
नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर भारतको तर्फबाट विदेश मन्त्रालयको धारणा आएको हो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


