७४ वर्षका वृद्ध बाघलाई खुर्पाले हानेर बच्न सफल
बर्दिया – बर्दियामा बाघको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । हिजो बेलुकी मधुवन नगरपालिका वडा नम्बर १ को औराही सामुदायिक वनमा बाख्रा चराउँदै गरेका ७४ वर्षका लालबहादुर थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो ।
थारुले आफ्नो साथमा रहेको खुर्पाले हानेर बाघलाई हानेको र चोट लागेर बाघ जङ्गलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघले आक्रमण गर्दा अनुहार दाहिने खुट्टामा घाउ लागेका थारुको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


