पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको विज्ञप्ति : कामचलाउ सरकारले मतदातालाई प्रभाव पार्ने बजेट नल्याओस्
काठमाण्डाै – पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभावित पार्ने गरी बजेट नल्याउन सरकारलाई आग्रह गरेका छन् ।
सरकारले आउँदो कात्तिक र मंसिरमा चुनाव घोषणा गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको अवस्थामा मतदातालाई प्रभावित पार्ने कुनै कार्यक्रम नसमेट्न पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तले आग्रह गरेका हुन् ।

संयुक्त विज्ञप्ति निकालेर पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, भोजराज पोखरेल, डा.अयोधिप्रसाद यादव, सूर्यप्रसाद श्रेष्ठ र दोलखबहादुर गुरुङले मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित बजेट नल्याउन कामचलाउ सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
समान प्रतिस्पर्धाको सिद्धान्तमा रहेर मात्रै बजेट ल्याउन उहाँहरुको माग छ । यस्तै निर्वाचन आयोगले पनि आफ्नो संवैधानिक दायित्वको ख्याल गरेर सम्बद्ध पक्षलाई समयमै सजग गराउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


