बहराइन : शपिङ मल, रेस्टुरेन्ट तथा डिपार्टमेन्ट स्टोर दुई हप्ताको लागि बन्द
काठमाण्डौ – बहराइनले आजदेखि दुई हप्तासम्मको लागि शपिङ मल र रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको छ ।
काेरोना महामारीको संक्रमण बढेसँगै बहराइनले मान्छेको भिडभाड बढी हुने ठाउँ मल, रेस्टुरेन्ट, कफी सप तथा स्टोरमा प्रतिबन्ध लगाएको गल्फ न्युजले जनाएको छ । ब्युटी पार्लर तथा हेयर सैलुन पनि खोल्न पाइने छैनन् ।
यस्तै यो १४ दिनको लकडाउनको अवधिभर कुनै पनि प्रकारका सामूहिक क्रियाकलाप पनि गर्न नपाइने त्यहाँको सरकारी निर्णयलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ । बहराइनमा पछिल्लो समय कोरोनाको संक्रमण दर बढ्दै गएको छ ।
जम्मा जनसंख्या १५ लाख भएको बहराइनमा एकै दिन २८ सय भन्दा धेरैमा कोरोना संक्रमण देखिनु चिन्ताजनक भएको त्यहाँका अधिकारीले जनाएका छन् । बहराइनमा अहिलेसम्म दुई लाख २० हजार भन्दा बढीमा संक्रमण देखिएको छ । यस्तै दैनिक ज्यान गुमाउनेकाे संख्या पनि बढ्काे छ । गएको सोमबार एकै दिन २८ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।
बहराइनमा रहेकाे नेपाली दूतावासले बढ्दो संक्रमणको बेला सुरक्षित रहन र सरकारले जारी गरेका नियमकाे पालना गर्न त्यहाँ रहेका नेपाली श्रमिकलाई आग्रह गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


