किसानलाई म्याद सकिएको बीउ बिक्री
राँझा, १५ जेठ: बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् ।
ग्रामीण क्षेत्रबाट बीउबिजन खरीद गर्न आउने किसानलाई म्याद नाघेको बीउबिजन बिक्री गर्ने गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।
उनका अनुसार खेती लगाउने समयमा व्यापारीले किसानलाई ठग्ने गरेको गुनासो आउन थालेपछि बजार अनुगमनका क्रममा म्याद नाघेको बीउबिजन बिक्री गरेको पाइएको हो । शुक्रबार मात्रै संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रका विभिन्न कृषि बीउबिजन तथा औषधि पसलको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुई पसललाई रु २५ हजार जरिवाना गरिएको छ । किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब रु १७ हजारभन्दा बढी मूल्य बराबरको विभिन्न खाद्यान्न एवं तरकारीको बीउबिजन पनि नष्ट गरिएको छ ।
यसअघि पनि बाँकेस्थित संयुक्त बजार अनुगमन टोलीले बिहीबार नेपालगञ्जका विभिन्न कृषि बीउबिजन तथा औषधि पसलको अनुगमन गरी किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब रु ४४ हजारभन्दा बढी मूल्य बराबरको खाद्यान्न एवं तरकारीको बीउ नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी चौलागाइले बताए ।
उत्पादन मिति नहेर्ने र सोधीखोजी नगर्ने किसानलाई सजिलैसँग व्यापारीले म्याद नाघेको बीउबिजन बिक्री वितरण गर्ने गरेको पाइएको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतमले बताए । उनले स्थानीय तहले बजार अनुगमन नगर्ने र किसानलाई समयमै आवश्यक बीउबिजन वितरण नगर्दा किसान म्याद नाघेको बीउबिजन किन्न बाध्य हुने गरेको सुनाए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


