सरकाले आउँदो वर्ष साढे पाँच खर्ब रुपैयाँ ऋण लिने, १० खर्ब रुपैयाँ राजस्व असुली
काठमाण्डाै – आउँदो वर्षका लागि विनियोजन भएको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटको स्रोत जुटाउन सरकारले साढे पाँच खर्ब रुपैयाँ ऋण लिने भएको छ ।
विनियोजन भएको बजेट कार्यान्वयनका लागि १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ राजस्व सङ्कलनबाट जुटाइने बजेटमा उल्लेख छ । यस्तै वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ जुटाउने लक्ष्य छ ।
सरकाले राजस्व र वैदेशिक अनुदानबाट अपुग पाँच खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिने भएको छ । यसमध्ये वैदेशिक ऋण तीन खर्ब नौ अर्ब २९ करोड रुपैयाँ र आन्तरिकतर्फ दुई खर्ब ५० अर्ब रुपैयाँ बेहोरिने बजेटमा उल्लेख छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


