शिवराजमा हुलाकी सडक हिलाम्य, नागरिकलाई सास्ती
कपिलवस्तु- विगत तीन दिन देखि परेको अविरल वर्षाका कारण हुलाकी सडक हिलाम्य हुदाँ नागरिकहरुलाई सास्ती भएको छ । निर्माण अवस्थामा रहेको सडकमा आवतजावतमा समस्या भइरहेको बेला पानीले थप समस्या परेको छ । कपिलवस्तुको खरेन्द्रपुर देखि कर्मा जोडने हुलाकी राजमार्गमा अहिले नागरिकहरु हिड्न सक्ने अवस्थाको छैन् । निर्माण भइरहेको सडकमा माटो राखिएको र पानी परेपछि हिलाम्ये भएको हो ।
शिवराज नगरपालिका १० मा पर्ने शितलापुरका नागरिकहरु सडक हिलो हुदा पैदल यात्रा गर्न समेत नसकिरहेको स्थानिय राकेश रायमाझीले बताउनुभयो ।
घर वाट बाहिर निस्कने अवस्था नरहेको भन्दै रायमाझीले आक्रोश पोखे । गाउँमा बस्ने नागरिकहरुलाई बजार सम्म विभिन्न कारणले आउनुपर्ने भएपनि अहिले आवतजावत गर्न नसकिरहेको उहाँले बताउनुभयो । निर्माण कम्पनिले सुस्त गतीमा सडक निर्माण गर्दा वर्षातको समस्या झनै समयस्या हुन सक्ने स्थानियहरुको भनाई छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


