बजेट : अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुको मिश्रित प्रतिक्रिया, कार्यान्वयनमा समस्या
काठमाण्डाै – आर्थिक वर्ष २०७८/७९ को बजेटप्रति अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । अर्थशास्त्री डा. विश्व पौडेलले विगत तीन वर्षयता ठूलो बजेट बनाउने तर त्यसको लक्ष्य हासिल नगर्ने समस्या देखिएको भन्दै अहिले पनि त्यस्तै हुने सम्भावना रहेको बताउनुभएको छ ।
११ खर्बभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य हासिल नगरेको रेकर्ड भएकाले अहिले ल्याइएको साढे १६ खर्बको बजेटको लक्ष्य हासिल हुन्छ कि हुँदैन भन्नेमा शङ्का रहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले अहिलेको बजेटले सिधासादा मतदातालाई ललीपप बाँढेको देखिएको बताउनुभएको छ । जसपाको सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले बजेट सार्वजनिक भएलगत्तै ट्वीटमार्फत प्रतिक्रिया दिँदै उहाँले अहिलेको बजेटमा पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको आरोप लगाउनुभएको छ ।
पूर्वअर्थमन्त्री रामशरण महतले कामचलाउ सरकारले आउने असारसम्मका लागि मात्रै बजेट ल्याउनुपर्नेमा पूर्ण आकारको बजेट ल्याएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका महतले राजनीतिक फाइदा लिने उद्देश्यबाट पूर्ण आकारको बजेट ल्याइएको भन्दै बजेट तुरुन्त कार्यान्वयन हुनेमा शङ्का व्यक्त गर्नुभयो ।
पूर्व अर्थमन्त्री वर्षमान पुनले यो कार्यान्वयन नहुने चुनावमुखी बजेट भएको भन्दै आफूहरुको सरकार आएमा यो बजेट खारेज गर्ने बताउनुभयो । माओवादी केन्द्रका नेतासमेत रहेका पुनले अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस चलिरहेको र प्रतिनिधिसभा पुनर्स्थापना भए यो बजेट खारेज हुने दाबी गर्नुभयो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


