पाँचथर शाखाको उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणका कारण निधन

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणका कारण ५२ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।
वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचाररत भण्डारीको स्वास्थ्यमा थप समस्या आएपछि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज साँझ उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय भण्डारीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
डेढ दशकदेखि विभिन्न पत्रपत्रिकामा स्वतन्त्र पत्रकारिता गर्दै आउनु भएका भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको छ भने महासंघले जुझारु र सक्रिय सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय पत्रकार भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
कोरोनाकै कारण हालसम्म १८ जना पत्रकारको निधन भएको छ भने ९ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।
रोसन पुरी
महासचिव

TOP