पत्रकारसँग नबोलेको भन्दै ओसाकालाई ग्राण्ड स्लाममा सहभागी नगराउने चेतावनी
काठमाण्डाै – ग्राण्ड स्लामले जापानी टेनिस खेलाडी नाओमी ओसाकालाई फ्रेन्च ओपनसहित अरु ग्राण्ड स्लाम प्रतियोगिता नखेलाउने चेतावनी दिएको छ ।
फ्रेन्च ओपन प्रतियोगिताको क्रममा विश्व नम्बर २ ओसाकाले पत्रकारसँग बोल्न मानेकी थिइनन् भने आफूले अरु पत्रकार सम्मेलनमा पनि नबोल्ने बताएकी थिइन । तर ग्राण्ड स्लाम आयोजकले भने उनले प्रतियोगिताको नियम तोडेको भन्दै १५ हजार डलर जरिवाना तिराउने र उनले अडान परिवर्तन नगरेमा भविष्यमा हुने प्रतियोगितामा सहभागी नगराउनेसम्मको चेतावनी दिएको छ ।
ओसाकाले भने आफूले मानसिक स्वास्थ्यको लागि पत्रकारसँग कुरा नगर्ने बताएकी छिन । उनले आफूलाई पत्रकारसँग बोल्न बाध्य पारिँदा झनै अप्ठ्याराे महसुस हुने बताएकी छिन । ग्राण्ड स्लाम आयोजकले मिडियालाई बहिष्कार गर्नु प्रतियोगिताको आचारसंहिता विपरीतको कदम हुने भन्दै ओसाकाले बानी सुधार नगरे थप जरिवाना र भविष्यमा हुने सबै ग्राण्ड स्लाममा प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


