‘कांग्रेसले एमाले र जसपालाई विभाजन गराउन प्रधानमन्त्रीमा दाबी गरेकाे भन्ने आराेप निराधार’
काठमाण्डाै – नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताउनुभएको छ ।
सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता रिजालले नेकपा एमालेभित्र झगडाको बिउ आफूहरूले लगाएको नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको अहङ्कार र सबैलाई पेल्ने प्रवृत्तिका कारण विवाद उत्पन्न भएको बताउनुभएको हो । सरकारका विरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आम मागका बीच पनि सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याइ आफैँ आलोचित हुँदासम्म पनि कांग्रेस चुप लागेर बसेको उल्लेख गर्दै उहाँले अहिले भने देश र नागरिककाे बृहत्तर सार्थ र हितलाई ध्यान दिँदै प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘यो निराधार आरोप हो । नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले । उहाँको अहङ्कार र सबैलाई पेल्ने प्रवृत्तिका कारण पार्टी फुटको सङ्घारमा पुग्दा पनि हामी संयमित भयौँ । प्रतिनिधि सभा विघटनपछि पनि कांग्रेसले अविश्वास प्रस्ताव दर्ता नगरेका कारण निकास निस्केन भनेर आलोचना र टिप्पणी खायौँ तर अर्काको पार्टीमा पसेनौँ । यो बिउ हामीले लगाएको होइन । कांग्रेस अरू कसैको पनि झगडामा परेको छैन । हामीले कसैलाई उत्प्रेरित गरेका छैनौँ । दोस्रो पटक प्रधानमन्त्रीले प्रतिनिधि सभालाई विघटन गर्ने प्रपञ्च नगर्दासम्म समर्थन छ भन्दा भन्दै पनि आफैँ चुप लागेर बस्यौँ । बरु त्यसका लागि हामी आलोचित भयौँ । त्यो आलोचना सह्यौँ । अहिले देश र नागरिककाे बृहत्तर स्वार्थ र हितका लागि हामीहरूले उहाँहरूसँग साथ लिएर विकल्प प्रस्तुत गर्न आवश्यक थियो । त्यो विकल्प प्रस्तुत गर्याैँ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताउनुभएको थियो । मन्त्रीको त्यही प्रतिक्रियाप्रति टिप्पणी गर्दै कांग्रेस नेता रिजालले कांग्रेसको प्रधानमन्त्रीमा दाबी कसैलाई फुटाउनका निम्ति नभएको स्पष्ट पार्नुभएको हो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


