युवक हत्याको आरोपमा ४ जना पक्राउ
धनगढी । कैलालीमा युवक हत्याको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाही छन् ।
उनीहरु चारैजना गाडीका सहचालक रहेको खुलेको प्रहरीले जनाएको छ । गत बिहीबार राति धनगढी बसपार्कमा अन्दाजी २७/२८ वर्षका युवकको शव भेटिएको थियो । सीसीटीभी फुटेज हेर्दा पक्राउ परेका युवकले मृतकमाथि लुटपाट गरेको र पछि कुटपिट गरेको देखिएको प्रहरीको भनाइ छ ।
मृतक र उनीहरुबीच पूर्व चिनजान नरहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट बताउँछन् । प्रहरीले उनीहरु माथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।
मृतकको पहिचान नखुलेपछि धनगढी उपमहानगरपालिकासँगको समन्वयमा अन्तिम संस्कार गरिसकेको प्रहरीले जनाएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


