दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढ्यै, उत्पादक र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर
काठमाण्डाै – बजारमा दिनहुँजसो अनुगमन भइरहेकाे भनिए पनि जथाभाबी भइरहेकाे मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन । बजारमा उत्पादकबाट उपभोक्तासम्म पुग्दा उपभोग्य सामग्रीको मूल्यमा ठूलो अन्तर रहेको पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने सामानको मूल्य, परिणाम र गुणस्तरबारे गरेको अनुगमनमा किसान, उत्पादक र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर पाइएको हो।
धादिङको धुनीबेंसी र नौबिसेदेखि चितवनको मुग्लिङ बजारसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो ।
विभागका अनुसार निजी तथा सहकारी तरकारी सङ्कलक केन्द्रमार्फत हुने हरियो तरकारीको कारोबार, खाना पकाउने एलपी ग्यासका उद्योग र चितवनका कुखुराको दाना उत्पादक उद्योग, ह्याचरी उद्योग र कुखुरा फर्ममा अनुगमन गर्दा एकै किसिमको उत्पादनको मूल्यमा सङ्कलन केन्द्रपिच्छे खरिद बिक्री मूल्य फरक-फरक पाइएको छ ।
किसान वा उनीहरुका प्रतिनिधिको काठमाण्डौसम्म पहुँच नहुँदा किसानले सस्तोमा बेच्नु परेको छ भने उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने बाध्यता छ । आफूखुसी मूल्य राख्नेलाई भोलिसम्म सबै कारोबारको विवरण बुझाउन निर्देशन दिइएको विभागले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


