प्रचण्ड ‘हस्तिनापुर’ कब्जा गर्न चाहन्थे : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता नजोगिनुमा तीन प्रवृत्तिले भूमिका खेलेको बताएका छन् ।
अनेरास्ववियुको भर्चुअल प्रशिक्षणमा उपप्रधानमन्त्री पोखरेलले एमालेभित्र रहेको अन्तरविरोधमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेल्न खोजेपछि पार्टी एकता जोगाउन नसकिएको पोखरेलले बताए । ‘पार्टीभित्र गुटगत प्रवृत्ति विकास हुँदै आएको थियो । प्रचण्ड ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिमा लाग्नुभयो,’ पोखरेलले भने ।
पार्टी एकतालाई प्रचण्डले एमालेको संगठन कब्जा गर्ने उद्देश्यका रुपमा लिएको उपप्रधानमन्त्री पोखरेलले आरोप लगाए । ‘पवित्र उद्देश्यले गरिएको एकतालाई हस्तिनापुर कब्जा गर्ने रुपमा लिइयो,’ उनले भने ।
प्रचण्डको पार्टी कब्जा गर्ने चाहना, माधव नेपालको गुटगत स्वार्थ र वामदेम गौतमको प्रधानमन्त्री बन्ने चाहनाले नेकपाको एकता जोगिन नसकेको पोखरेलले बताए । ‘बामदेव गौतमलाई के थियो भने, प्रचण्डले प्रधानमन्त्री नभएका एक जनालाई बनाउँछु भन्नुभएको थियो । उहाँमा आशा पलाएको थियो,’ पोखरेलले भने ।
तर आफू लगायत नेताहरुलाई एकता विरोधी भनेर प्रचार गरिएकोमा पोखरेलले आपत्ति जनाए । ‘मलगायत केही साथीहरुलाई एकता विरोधी हुन् भनेर चित्रित गर्ने प्रयास गरियो । तर एकताका बेला आएका केही विषाक्त चीजहरु झाँगिएर गयो,’ उनले भने ।
राजनीतिक स्थिरता कायम गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनाले पार्टी एकता भएको पनि पोखरेलले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


