शुद्धाेधनमा ३.५ वर्षिय बालक माथि करणी

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धाेधन गाउँपालिकामा ३.५ बर्षीय बालक माथि नै जबर्जस्ती करणी भएको पिडित परिवारले जनाएको छ ।

शुद्धोधन गाउँपालिका वडा नं. ६, सनो कर्ममा मा बस्ने संगीता रैदासको ३.५ वर्षिय छोरा माथि जबरजस्ती करणी भएको पिडितले जनाएका छन ।

सोही वडामा बस्ने लोधई चाईको छोरा १६ वर्षिय डिब्बा चाईले सुकाई चाई को घरमा बादर मारेको हेर्न जाम भन्दै ललाई फकाई पछाडी मल द्वारमा जबर्जस्ती करणी गरेको बुझिएको ईलाका प्रहरी कार्यालय पकडीका इन्चार्ज कृष्ण खत्रीले जानकारी दिए। उनले भने,’पिडित तर्फबाट उक्त घटना घटेको निवेदन आएको छ र निवेदन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पठाई सकिएको छ ।’ उनका अनुसार आरोपित भने फरार रहेका छन भने प्रहरीले थप आवश्यक अनुसन्धान गरि रहेको छ ।

TOP