वन संरक्षणमा समुदायको भूमिका प्रशंसनीय : मन्त्री आले
काठमाडौँ, वन तथा वातारणमन्त्री प्रेमबहादुर आलेले सामुदायिक वनको माध्यमद्वारा स्थानीय समुदायले वन क्षेत्रको संरक्षण गरेका कारण नेपालमा ठूलो मात्रामा वन क्षेत्र कायम भएको बताउनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घको २६ औँ स्थापना दिवशका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा मन्त्री आलेले आलेले नेपालको वन संरक्षण तथा व्यवस्थापनमा महासङ्घले महत्वपूर्ण भूमिका खेलेकामा प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “महासङ्घले वन जोगाउन र संरक्षण गर्न खेलेको भूमिका प्रशंसनीय छ, उपभोक्ता तथा समुदायकै कारण अहिले नेपालमा वन जोगिएको हो ।”
मन्त्री आलेले ‘हरियो वन, नेपालको धन’ भन्ने नारा साकार पार्न सबैले वन क्षेत्रको संरक्षण तथा हरियाली बनाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय नेपालको सामुदायिक वन संरक्षणको अभ्यास विश्वभरि नै परिचित भएको भन्दै मन्त्री आलेले उक्त कुराले गर्वको अनुभति भएको उल्लेख गर्नुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


