सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
मुग्लिन । चितवन उद्योग सङ्घले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मङ्गलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
चितवन उद्योग सङ्घ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका परिसर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई दुई हजार ५०० थान मास्क, ९० वटा स्यानिटाइजर, तीन सेट पिपिइ, ५० सेट फेस शिल्ड, ५० कार्टुन पानी, इलाका प्रहरी कार्यालय मुग्लिनलाई दुई अजार ५०० मास्क, ९० वटा स्यानिटाइजर, तीन सेट पिपिइ, ५० सेट फेस शिल्ड र २० कार्टुन पानी तथा पत्रकारका लागि ७५० पिस मास्क, १५ वटा स्यानिटाइजर र १५ सेट फेस शिल्ड सहयोग गरिएको हो ।
चितवन उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कडेँल, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र चितवनउद्योग सङ्घ इच्छाकामना एकाइका अध्यक्ष अमरबहादुर अधिकारीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कालिदास धौवजी, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । उहाँहरूले पत्रकारहरूलाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


