एक्सन एड नेपाल र दिव्य यूवा क्लवद्वारा स्वास्थ्य चौकी तथा आईशुलेसन सेन्टरमा स्वास्थ्य सामाग्री वितरण

वीरगन्ज , जेठ १९

पटेर्वा सुगौली गाउँपालिकाका सवास्थ्य चौकीहरु तथा आईशुलेसन सेन्टरको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोना माहामारीको दोस्रो लहरमा स्थानीय समुदायका सेवाग्राहीहरुले स्थानीय स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षा सामाग्रिहरुको पुर्ण रुपमा उपलब्धता गराउने उदेश्यले पटेर्वा सुगौली गाउँपालीकासंगको सहकार्यमा कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न दिव्य यूवा क्लव र एक्सन एडनेपालको साझेदारमिा संचलनमा रहेको स्थानीय अधिकार कार्यक्रम अन्तर्गत सोहि गाउँपालीकाका ५ ओटा स्वास्थ्य चौकीहरुको लागि पि.पि.ई. ५० सेट, सर्जिकल ग्लब्स ५०० थान, सर्जिकल माक्स ५ सय थान, सेनिटाइजर २५ लिटर, फेसहेडशिल ५० थान , हेण्डवास ५० थान, डिजिटल थर्मामिटर २० थान तथा अक्सीमिटर ५ थान गरि रु१ लाख ९० हजार ९ सय २० रुपैया बरावरको स्वास्थ्य सामाग्री पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै पालिकाले नै स्थापना गरेको आईसोलेसनको लागि पि.पि.ई ३० सेट, सर्जिकल ग्लबस ५ सय थान , सर्जिकल माक्स ५सय थान , सेनिटाइजर ३० लिटर, फेसहेड ३० थान , हेण्डवास ३० थान , अक्सीमिटर २ थान , थर्माेगन २ थान बेडसिट ३० पिस तकिया ३० , टावल ३०, पलाष्टिक बाटा ३०, डस्टवीन ३० पिस एन्टीजेन टेस्ट किट १ सय थान , सोडियम क्लोरिन ३० लिटर, यूटिलिटी ग्लब्स १० जोडा गरि रु २ लाख ७६ हजार ३ सय २० रुपैया बराबरको स्वास्थ्य सामाग्री स्थानीय पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ ।

जसमा पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष श्री ममता महतो, प्रमुख प्रशासकिय अधिकृत श्री भुजेन्द्र प्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख जगरनाथ साह, दिब्य युवा क्लब पर्साका अध्यक्ष श्री देवनाथ ठाकुर, कार्यकारी निर्देशक श्री रामाकान्त प्रसाद कुर्मी, स्पौंसर संयोजक श्री सुनिल कुमारी भारती तथा लेखा तथा वित संयोजक श्यामकिशोर प्रसाद चौहानको रोहबरमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

TOP