शेयर बजार ५५ अङ्कले बढ्यो, पुनर्बीमा कम्पनीको मात्रै झण्डै डेढ अर्ब रुपैयाँको कारोबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से झण्डै ५६ अङ्कले बढेको छ । सबैजसो समूहको शेयर बढेर हरियो भएको बजार ५५ दशमलव ७६ अङ्कले बढेर २८ सय २७ दशमलव १३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ समूहको शेयर आठ अङ्कले, होटल समूहको ९२ अङ्कले, विकास बैंकको दुई सय २५ अङ्कले, जलविद्युतको ८२ अङ्कले, फाइनान्सको एक सय ३७ अङ्कले, जीवन बीमा समूहको तीन सय ७४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर चार सय ७९ अङ्कले, अन्यको एक सय १० अङ्कले र उत्पादन समूहको शेयर एक सय ३६ अङ्कले बढेको छ ।
बुधवार दुई सय १९ कम्पनीका दुई करोड २६ लाख कित्ता शेयर ११ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ३७ कराेड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज १४ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि राधी जलविद्युत् कम्पनीको शेयर साढे सात प्रतिशतले घटेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


