२४ घण्टामा ७ हजारभन्दा धेरै काेराेनामुक्त, ५ हजार ३ सय १६ जनामा सङ्क्रमण पुष्टि
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय १९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ६१ हजार पाँच सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।
अहिले नेपालमा एक लाख एक हजार नाै सय ९३ सक्रिय सङ्क्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार आठ सय पाँच जनाको पीसीआर परीक्षण गर्दा चार हजार पाँच सय २४ जना र तीन हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा गरिएको कुल परीक्षणमध्ये ३२ दशमलव सात प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा सबैभन्दा धेरै ५८ दशमलव २६ प्रतिशत नमुनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तथा यसअघिका विवरणसहित गरी एक सय एक जनाको ज्यान काेराेना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या सात हजार पाँच सय ५५ पुगेकाे छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


