चन्द्रागिरीमा ढिस्कोले पुरेर २ जनाको मृत्यु, २ घाइते

काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी मोहन खाँणले बताए ।

मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन् । पर्खालले थिचेर उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते छन् ।

TOP