कार्यविधि अनुसार नदीजन्य पदार्थ ओसारपसार गर्न दाङ प्रशासनको आग्रह
दाङ – जिल्ला प्रशासन कार्यालय दाङले नदीजन्य ओसारपसार कार्यविधि अनुसार नै नदीजन्य पदार्थ ढुवानी गर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरणजीवी रानाले आज(विहिवार) सार्वजनिक सुचना जारी गदै नदिजन्य पदार्थ ब्यबस्थापन कार्यबिधि २०७५ को दफा १३ (१) ङ बमोजिमको तोकिएको समय सिमाभित्र मात्रै नदीजन्य पदार्थ ओसारपसार गर्न आग्रह गर्नु भएको छ । उच्च अदालत तुलसीपुरले गएको मंगलवार प्रशासनको नाममा अन्तरिम आदेश जारी गदै कार्यविधि अनुसार नै नदीजन्य पदार्थ बोकेको सवारी साधानहरु सञ्चालन गर्न तथा चलाउन दिनु, चलाउन लगाउन भनेको थियो ।
नदीजन्य पदार्थ ओसारपसार र ढुवानी कार्यविधि अनुसार शहर वा वजार क्षेत्रमा नदीजन्य पदार्थ बोकेको सवारी साधन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन नपाईने व्यवस्था छ । तर गएको जेठ १४ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी लकडाउनलाई मध्येनजर गदै स्थानिय तहको अनुमतीमा नदीजन्य पदार्थ ढुवानीका लागी विहान ९ बजेदेखी बेलुका ६ बजे सम्म समय निर्धारण गरेको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


