सुनको भाउ आज एकैदिन तोलामा पन्ध्र सय रुपैयाँले घट्यो
काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । सुनकाे भाउ एकैदिन तोलामा पन्ध्र सय र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । सुनकाे भाउ हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो ।
गएको आइतवार सुन तोलाको ९४ हजार रुपैयाँ थियो । सोमवार दुई सय रुपैयाँले बढेर तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलवार तीन सय रुपैयाँले बढेर ९४ हजार पाँच सय रुपैयाँ पुगेको थियो । बुधवार सुनको भाउ स्थिर रहेर तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
हिजो तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको भाउ आज एकैदिन पन्ध्र सय रुपैयाँले घटेको हो । यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ४० रुपैयाँ तोकिएको छ । चाँदी हिजो तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । गएको आइतवार चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


