भारतका रेल मार्गमा गएको वर्ष आठ हजार सात सय जनाभन्दा बढीकाे ज्यान गयाे
काठमाण्डाै – भारतका रेल मार्गमा गएको वर्ष आठ हजार सात सय जनाभन्दा धेरैको ज्यान गएको छ। कोरोना भाइरसको महामारीका कारण देशव्यापी लकडाउन भइरहेकै बेला उनीहरूको ज्यान गएको रेलवे समितिलाई उदृत गर्दै समाचारसंस्था पीटीआइले जनाएको छ ।
ज्यान गुमाउनेहरुमा धेरैजसो आप्रवासी कामदार रहेका रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐनअन्तर्गत सूचना माग गरेपछि विवरण सर्वजनिक भएको हो ।
लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्न लगायतको अभाव भएका कारण कामदारहरु रेलमार्ग हुँदै हिँडेर आ-आफ्ना घरतर्फ जाने क्रममा उनीहरुका ज्यान गएको पाइएको छ । रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घटना भएर नभइ रेल मार्ग अतिक्रमण गरेकाले उनीहरुको ज्यान गएको बताउनुभएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


